"An Access To Information For All"                        "सबैको लागि सूचनाको पहुँच"
   
 
 
 
 
 
 
 
 
 
 
 
   
     
     
  परिचय  
 
 
 
विज्ञान तथा प्रविधिमा भएको द्रुततर विकासले गर्दा जो कोहीले पनि आफ्नो औंलाको भरमा एउटा कुनामा बसी संसार भरका सूचना प्राप्त गर्न सक्छ । दुर्भाग्य भन्ने कि सामान्य मानिसको लागि सूचनाको पहुँच चाहिँ अप्ठ्यारो छ र धेरैका लागि असम्भव पनि । तर हामीले के कुरा चाहिँ विर्सनु हुन्न भने सूचनाको पहुँच मानव अवसर मात्र हैन यो त मानव अधिकार पनि हो ।
 
 

हाम्रो अन्तिम लक्ष्य "सवैको लागि सूचना हो" CIC ले सूचना र र्सवसाधरणवीच सेतुको काम गर्नेछ , यर्सथ हाम्रो मूल नारा "सवैको लागि सूचनाको पहुँच" हो ।

सूचनाको प्रविधिको पहुँचलाई र्सवसाधारण सम्म पुर्याउने, ज्ञानमा आधारित समाज निर्माण गर्ने, ज्ञानमा आधारित उद्योगधन्दा स्थापना गर्न सहयोग गर्ने, रोजगारको अवसरमा अभिवृद्धि गरी असल शासन र सामाजिक सेवालाई विस्तार गर्ने हेतुले CIC को स्थापना भएको हो ।

 
 
 
 

संस्थाको उद्देश्यहरु

 
 
 

यस संस्थाको उद्देश्यहरु देहायबमोजिम हुनेछन्।

यो संस्था मुनाफारहित जनहितकारी संस्था हुनेछ ।

सूचना प्रविधिको पहुँच र्सवसाधारण जनतासम्म पुर्याई यसका माध्यमबाट रोजगारी वृद्धि गर्ने ।

सूचना प्रविधिको संञ्जाल (नेर्टवर्क) लाई जिल्लास्तरीय सरकारी तथा गैरसरकारी निकायदेखि ग्रामीणस्तरसम्म पुर्याउने ।
ग्रामीण क्षेत्रको विकासमा सूचना प्रविधिको उपयोग गर्ने ।
सामुदायिक रुपमा इमेल, इन्टरनेटको सुविधा उपलब्ध गराउने ।
वेव साइट -Website Design_ डिजाइन तथा अद्यावधिक र संञ्चालन गर्ने ।
सूचना प्रविधिको प्रवर्धन तथा आवश्यक पर्ने तालिम गोष्ठी, सेमिनार संचालन गर्ने तथा प्रचार सामाग्री तयार पारी वितरण गर्ने ।

डिजिटल र एनालग लाइब्रेरीको स्थापना र संचालन गर्ने ।

सरकारी तथा गैरसरकारी निकायहरुसंग समन्वयबाट तथ्याङ्क संकलन गरी डाटा डिपोजिटरीको रुपमा काम गर्ने ।
 
 
 
   
 
 
रोजगार परामर्श युनिट
 

सञ्चारका साधनहरुको सहायताले Vacancy Collection गर्ने ।
सम्बन्धित सूचना युवा समक्ष पुर्याउने ।

 
सञ्चार सर्म्पर्क युनिट
 

घरबाहिर रहेका युवा र परिवारजन बीच सर्म्पर्क सेतुको रुपमा काम गर्ने ।

 
 
-एग्रो फरेष्ट्री युनिट
 

स्थानीय कृषि उत्पादन तथा वन पैदावारको बजार मुल्य संकलन र प्रचार प्रसार गर्ने ।
स्थानीय कृषकहरुलाई तुलनात्मक बजार मुल्यको जानकारी गराउने ।
कृषि क्षेत्रमा विकसित नयाँ प्रविधिलाई स्थानीयस्तरसम्म पुर्
याउने ।

 
 
न्युज गु्रप्स
 

समसामयिक सूचनाहरुको संकलन गर्ने
समसामयिक सूचनाको पहुँच र्सवसाधारणसम्म पुर्याउने ।

 
 
स्टुडेन्ट-टिचर प्रोग्राम
 
अध्ययन अध्यापन कार्यलाई सरलीकृत पार्न सूचना प्रविधिको ज्ञान दिने ।
 
 

साइबर कक्ष

 

माथि उल्लेखित पाँच वटा कार्यक्रमहरुबीच अन्तर-सम्बन्ध स्थापित गर्ने ।
सामुदायिक रुपमा इमेल, इन्टरनेट सञ्चालन गर्ने ।

 
 
सूचना र सञ्जाल
 

सूचना सरकारी, गैरसरकारी तथा सामुदायिक संस्थासम्म पुर्याउने, तथ्याङ्क व्यवस्थापनलाई स्थानीयस्तरदेखि जिल्लास्तर हुँदै राष्ट्रियस्तरसम्म पुर्याउने ।

 
 

सामुदायिक रेडियो कार्यक्रम

 
सूचना प्रविधिको ज्ञानलाई शिक्षित समुदाय र सहरमा मात्र केन्द्रित नगरी शिक्षाको अवसरवाट वञ्चित र ग्रामीण भेगसम्म पुर्याउन समुदायिक रेडियोको स्थापना गर्ने ।
 
 

वेव प्रमोसन

 

-मेल इन्टरनेटको गलत प्रयोग गर्नबाट वचाई सूचना प्रविधिको क्षेत्रका इमेल इन्टरनेटको प्रयोग गर्न प्रयोग कर्ताहरुलाई उत्प्रेरित गर्दै आवश्यकता अनुसार वेव पेज डिजाइन, अद्यावधिक र सञ्चालन गर्ने ।

 
 
प्राथमिक तथ्याङ्क संकलन गर्ने
 
प्राथमिक तथ्याङ्क संकलन गर्ने सम्वन्धित निकायबाट लिएका तथ्याङ्कहरु अपर्याप्त भएमा स्थलगल रुपमा प्राथमिक तथ्याङ्क संकलन गर्ने ।
 
 
पुस्तकालय
 
सामूदायिक सूचना केन्द्रमा उपलव्ध भएका तथ्याङ्कहरुलाई समावेश गरी एनालग तथा डिजिटल लाइवेरीको स्थापना गर्ने ।
 
 
 
 

भिजन

 
 
विज्ञान तथा प्रविधिको प्रयोगगरी सूचना संञ्जालको माध्यमबाट सामाजिक, आर्थिक विकासमा टेवा पुर्याई ज्ञानमा आधारित समुन्नत समाजको निर्माण गर्ने ।
 
 
 
 
मूल नारा
 
 
"सवैको लागि सूचनाको पहुँच"
 
 
 
 
लक्ष्य
 
 
Data Bank को स्थापना र संञ्चालन गर्ने ।
 
     
Copyright © 2006 Community Information Centre, Dolakha, Design by: Radiant Infotech Nepal (P.) Ltd.